Like us!
Follow us!
Connect us!
Watch us!

पाँचखालमा सोलार हाइब्रिड परियोजना सञ्चालनमा आयो

अर्थ संसार

बुधबार, ०९ फागुन २०८०, १९ : २४ मा प्रकाशित

पाँचखालमा सोलार हाइब्रिड परियोजना सञ्चालनमा आयो

काभ्रेपलान्चोकको पाँचखालमा सोलार हाइब्रिड परियोजना सञ्चालनमा आएको छ ।

बुधबार अमेरिकी राजनीतिक-सैन्य मामिला ब्युरोकी योजना तथा कार्यसञ्चालन सम्बन्धी उप-सहायक विदेशमन्त्री रेचल शिलरले पाँचखालस्थित वीरेन्द्र शान्ति सञ्चालन तालिम केन्द्रमा रहेको उक्त सोलार हाइब्रिड परियोजनाको उद्घाटन गरेकी हुन् । अमेरिका, नेपाल र संयुक्त राष्ट्रसंघको त्रिपक्षीय सहकार्यमा उक्त योजना निर्माण भएको हो ।

दक्षिण सुडानमा रहेका नेपाली बटालियनहरूका लागि डिजेल जेनेरेटरबाट अब हाइब्रिड सोलार उर्जाबाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ यो परियोजना शुरु गरिएको हो । शान्ति सैनिकहरूको कार्बन फुटप्रिन्ट घटाउने उद्देश्यका साथ नेपाल आर्मीको नेतृत्वमा उक्त वातावरणीय पहल भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको