Like us!
Follow us!
Connect us!
Watch us!

सर्वसाधारणलाई आज देखि सर्वोत्तम सिमेन्टको आइपीओ खुल्ला

अर्थ संसार

आइतबार, १३ फागुन २०८०, ०७ : ४९ मा प्रकाशित

सर्वसाधारणलाई आज देखि सर्वोत्तम सिमेन्टको आइपीओ खुल्ला

सर्वोत्तम सिमेन्टले आज फागुन १३ गते देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।  

कम्पनीले धितोपत्र बोर्डबाट आफ्नो जारी पुँजी ४ अर्ब ६५ करोडको १२.९०३३ प्रतिशतले हुन आउने ६० लाख कित्ता आइपिओ निष्कासनको अनुमति पाएको थियो । यसमध्ये ४० प्रतिशतले हुन आउने २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्तालाई, दुई लाख ६७ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ५ प्रतिशतले हुन आउने एक लाख ५४ हजार २२७ कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने एक लाख ५४ हजार २२७ कित्ता सामूहिक लगानी कोषलाई छुट्ट्याइएको थियो । त्यसपछि बाकिँ २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणमा जारी गर्न लागिएको हो ।

कति दिने आवेदन ?
न्यूनतम - ५० कित्ता
अधिकतम - १०००० कित्ता

कहिले सम्म दिने आवेदन ?

निष्काशन बन्द छिटोमा फागुन १६ गतेसम्म आवेदन दिन सकिने, आवेदन पूर्ण नपरेमा निष्काशन अवधि फागुन २७ गतेसम्म । 

प्रति कित्ता कति पर्छ ?
आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ।

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल र प्रभु क्यापिटल रहेका छन् ।

कहाँबाट दिने आवेदन ?

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

रेटिङ्ग 

रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाइ इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रीपल बी प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको क्षमता रहेको संकेत गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको