Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत नियमन आयोगले दियो दुई हाइड्रो कम्पनीलाई हकप्रद निष्कासनको स्वीकृति

अर्थ संसार

विहीबार, १७ फागुन २०८०, ११ : ४७ मा प्रकाशित

विद्युत नियमन आयोगले दियो दुई हाइड्रो कम्पनीलाई हकप्रद निष्कासनको स्वीकृति

विद्युत नियमन आयोगले दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई हकप्रद निष्कासनको स्वीकृति प्रदान गरेको छ ।

 दोर्दी खोलाले हालको चुक्तापुँजीको शतप्रतिशतले हुन आउने हकप्रद सेयर निष्कासनका लागि आयोगसँग स्वीकृति माग गरेको थियो । कम्पनीको हालको चुक्ता पुँजी एक अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ रहेकोमा हकप्रद निष्कासन पछि चुक्तापुँजी दुई अर्ब १० करोड ८५ लाख २० हजार ८ सय रुपैयाँ पुग्नेछ ।

यसैगरी राप्ती हाइड्रोले हालको चुक्तापुँजीको शतप्रतिशतले हुन आउने हकप्रद सेयर निष्कासनका लागि आयोगसँग स्वीकृति माग गरेको थियो । कम्पनीको हालको चुक्ता पुँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ रहेकोमा हकप्रद निष्कासन पछि चुक्तापुँजी एक अर्ब २२ करोड ५५ लाख ८७ हजार ६ सय रुपैयाँ पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको