Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् नेप्सेमा सूचीकृत भएका ६ सबैभन्दा 'लो क्याप' हाइड्रो

अर्थ संसार

आइतबार, २० फागुन २०८०, १६ : १८ मा प्रकाशित

यी हुन् नेप्सेमा सूचीकृत भएका ६ सबैभन्दा 'लो क्याप' हाइड्रो

सेयरबजारमा लगानीकर्ताबीच बेलाबेलामा राम्रै चर्चा हुने शब्दावली हो 'लो क्याप' । खेलाडीदेखि ट्रेडर र आम लगानीकर्तासम्मै चर्चित यो शब्दावलीको अर्थ नेप्सेमा कारोबार हुने पब्लिक सेयरको संख्या न्यून अर्थात मार्केट क्यापिटलाइजेसन कम भएका कम्पनी हो ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत मध्ये ६ हाइड्रोपावर कम्पनीको पब्लिक सेयरको संख्या १० लाख भन्दा पनि कम रहेको छ । सेयर संख्या थोरै यी सेयरमा चलखेल गर्न सजिलो हुनेहुँदा खेलाडीदेखि ट्रेडरको विशेष रोजाईमा यस्ता सेयर पर्ने गर्दछन् । खास गरि बजारमा कारोबार न्यून हुँदा यस्ता स्टकमा खेलाडी विशेषगरी सक्रिय हुने गरेको देखिन्छ । हाइड्रोपावर कम्पनीमध्येमा सबैभन्दा कम पब्लिक सेयर भएको कम्पनीमा कुथेली बुखरी स्मल हाइड्रोपावर पर्दछ । केवल दुई लाख ४३ हजार ७३५ कित्ता सेयर भएको उक्त सेयरको मूल्य प्रतिकित्ता १२१० रुपैयाँको अल टाइम हाइसम्म पुगेको थियो । 

दोस्रो न्यून कित्ता सेयर भएको कम्पनीमा शुभम् पावर कम्पनी रहेको छ । उक्त कम्पनीको कुल ६ लाख पब्लिक सेयर नेप्सेमा सूचीकृत रहेको छ भने उक्त सेयरको मूल्य प्रतिकित्ता १०७३ रुपैयाँको अल टाइम हाइसम्म पुगेको थियो । तेस्रो न्यून कित्ता सेयर भएको हाइड्रोपावर कम्पनीमा बाराही हाइड्रोपावर कम्पनी रहेको छ । उक्त कम्पनीको कुल ७ लाख कित्ता पब्लिक सेयर नेप्सेमा सूचीकृत रहेको छ भने उक्त सेयरको मूल्य प्रतिकित्ता ६०५ रुपैयाँको अल टाइम हाइसम्म पुगेको थियो ।

चौथो न्यून कित्ता सेयर रहेको कम्पनीमा अप्पर स्याङ्गे हाइड्रो रहेको छ । उक्त कम्पनीको कुल ८ लाख ७० हजार कित्ता पब्लिक सेयर नेप्सेमा सूचीकृत रहेको छ भने उक्त सेयरको मूल्य प्रतिकित्ता ५९७ रुपैयाँको अल टाइम हाइसम्म पुगेको थियो । न्यून सेयर हुने हाइड्रोपावर कम्पनीको पाँचौ र छैटौं स्थानमा सयपत्री र सुपरमाई हाइड्रोपावर कम्पनी रहेका छन् । ती कम्पनीको क्रमशः ९ लाख र १० लाख कित्ता पब्लिक सेयर नेप्सेमा सूचीकृत रहेका छन् ।

यसैगरी २० लघुवित्त कम्पनी, राष्ट्रिय बिमा कम्पनी लिमिटेड, विशाल बजार कम्पनी, बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई) र इमर्जिङ नेपाल लिमिटेड पनि १० लाख भन्दा कम पब्लिक सेयर भएका लो क्याप कम्पनी रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको