Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रालयको भागबन्डा गर्न नयाँ सत्ता गठबन्धनको बैठक आज, को बन्ला अर्थमन्त्री ?

अर्थ संसार

मंगलबार, २२ फागुन २०८०, ०७ : ४९ मा प्रकाशित

मन्त्रालयको भागबन्डा गर्न नयाँ सत्ता गठबन्धनको बैठक आज, को बन्ला अर्थमन्त्री ?

नयाँ सत्ता गठबन्धनको आज बैठक बस्दै छ।  

बैठकमा एमालेबाट शंकर पोखरेल, माओवादीबाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र जसपाबाट राजेन्द्र श्रेष्ठ बैठकमा बस्दै छन्। 

बैठकले मन्त्रालयको भागबन्डा तय गर्ने छ। 

प्रधानमन्त्री प्रचण्डले सोमबार ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् ।सोमबार शपथ लिएका मन्त्रीहरू एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डपी अर्याल छन्। हाल सबैलाई बिनाविभागीय मन्त्रि बनाइएको छ। 

को बन्ला अर्थमन्त्री ?

अहिले अर्थमन्त्रीको चर्चामा माओवादीबाट वर्षमान पुन, रास्वपाबाट स्वर्णिम वाग्लेदेखि एमालेबाट विष्णु पौडेलको नाम अघि आएको छ । 

सेयरबजार मैत्री मन्त्रीको छवि बनाएका एमालेका पौडेल, अर्थतन्त्रका विज्ञ रहेका रास्वपा वाग्ले र अर्थमन्त्रालय आफै राख्न खोजेको माओवादीका पुन मध्ये एक जनाले अर्थ मन्त्रालय सम्हाल्ने सम्भावना रहेको जनाइएको  छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको