Like us!
Follow us!
Connect us!
Watch us!

खानी खोला हाइड्रोको हकप्रद सेबोनको पाइपलाइनमा

अर्थ संसार

बुधबार, २३ फागुन २०८०, १० : ५६ मा प्रकाशित

खानी खोला हाइड्रोको हकप्रद सेबोनको पाइपलाइनमा

खानी खोला हाइड्रोपावर कम्पनीले १:१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ  ।

कम्पनीले १:१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद जारी गर्न बोर्डसँग फागुन १७ गते अनुमति मागेको हो । प्रति कित्ता एक सय रुपैयाँ अङ्कित उक्त हकप्रदमार्फत कम्पनीले कुल ४७ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ पुँजी संकलन गर्नेछ । हकप्रद निष्कासनको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४७ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी पश्चात् कम्पनीको चुक्ता पुँजी ९५ करोड १४ लाख २८ हजार ६ सय रुपैयाँ पुग्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको