Like us!
Follow us!
Connect us!
Watch us!

बाढीले क्षतिग्रस्त अरुण भ्याली हाइड्रोको प्रोजेक्टबाट विद्युत उत्पादन सुचारु

अर्थ संसार

मंगलबार, २९ फागुन २०८०, १० : ४० मा प्रकाशित

बाढीले क्षतिग्रस्त अरुण भ्याली हाइड्रोको प्रोजेक्टबाट विद्युत उत्पादन सुचारु

बाढी पहिरोले क्षतिग्रस्त भएको अरुण भ्याली हाइड्रोको काबेली बी-१ क्यास्केड आयोजनाको पुनर्निर्माणपश्चात् विद्युत आपूर्ति सुचारु भएको छ ।

९.९४ मेगावाटको उक्त आयोजनामा गत जेठ ३२ गते आएको बाढीले व्यापक क्षति पुर्याएको थियो । करिब ९ महिनासम्म उत्पादन बन्द भएको उक्त योजनाबाट फागुन २७ गतेदेखि विद्युत उत्पादन सुचारु भएको जनाइएको छ ।

आयोजनाका क्षतिग्रस्त संरचनाको मर्मत सकिएपछि फागुन २७ गते बिहान ११:२० बजेदेखि विद्युत उत्पादन थालिएको हो । बाढीले सञ्चालनमा रहेका १३ तथा निर्माणाधीन १७ योजनामा व्यापक क्षति पुर्याएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको