Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको हकप्रद सेबोनको पाइपलाइनमा

अर्थ संसार

मंगलबार, २९ फागुन २०८०, १८ : १९ मा प्रकाशित

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको हकप्रद सेबोनको पाइपलाइनमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १:०.१७ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ  ।

कम्पनीले १:०.१७ अनुपातमा ७३ लाख ३ हजार २०० कित्ता हकप्रद जारी गर्न बोर्डसँग फागुन २२ गते अनुमति मागेको हो । प्रति कित्ता एक सय रुपैयाँ अङ्कित उक्त हकप्रदमार्फत कम्पनीले कुल ७३ करोड ३ लाख २० हजार रुपैयाँ पुँजी संकलन गर्नेछ । हकप्रद निष्कासनको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी पश्चात् कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ६३ लाख २० हजार रुपैयाँ पुग्नेछ । बीमा प्राधिकरणले लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी ५ अर्ब निर्धारण गरिदिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको