Like us!
Follow us!
Connect us!
Watch us!

हाजिरी जमानतमा छुटे प्रभु बैंकका डेपुटी सिइओसहित ११ बैंकर्स

अर्थ संसार

विहीबार, ०१ चैत्र २०८०, १९ : ०४ मा प्रकाशित

हाजिरी जमानतमा छुटे प्रभु बैंकका डेपुटी सिइओसहित ११ बैंकर्स

प्रभु बैंकका डेपुटी सिइओ लगायत ११ बैंकर्स हाजिरी जमानतमा छुटेका छन् । 

जमानतमा छुटेपनि उनीहरु केन्द्रीय अनुसन्धान ब्यूरो उपस्थित भई हाजिरी भने गर्नु पर्नेछ । प्रभु बैंकका सिनियर नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित ११ जनालाई न्यून धितोमा अधिकतम कर्जा प्रवाह गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको थियो । 

तत्कालीन सेन्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत रहँदा न्यौपानेले देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक रविन्द्र चौलागाईंलाई कर्जा प्रवाह गर्दा धितोले खाम्ने भन्दा अत्यधिक ऋण दिएको भन्दै गत माघ १५ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

अदालतले आइतबार न्यौपानेसँगै पूर्वप्रमुख कार्यकारी अधिकृत तुलसी गौतम लगायत अन्य नौलाई पनि अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको