Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी हाइड्रोको हकप्रद सेयर बाँडफाँड सम्पन्न

अर्थ संसार

विहीबार, ०१ चैत्र २०८०, १९ : १५ मा प्रकाशित

सिंगटी हाइड्रोको हकप्रद सेयर बाँडफाँड सम्पन्न

सिंगटी हाइड्रोले निष्कासन गरेको १ बराबर १ अनुपातको हकप्रद सेयर बाँडफाँड भएको छ ।

बुधबार हकप्रद बिक्री प्रबन्धक कुमारी क्यापिटल र कम्पनीका प्रतिनिधि उपस्थित एक कार्यक्रमबीच हकप्रद बाँडफाँड गरिएको हो । कम्पनीले कुल एक करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन रितपूर्वक आवेदन दिने ७६ हजार २०० सय जना सेयरधनीहरुलाई ९८ लाख ८८ हजार ४६१ कित्ता हकप्रद बाँडफाँड गरिएको हो ।कम्पनीले फागुन २ देखि फागुन २२ गतेसम्मका लागि हकप्रद सेयरमा आवेदन खुला गरेको थियो ।

बाकिँ अवितरित सेयर अब लिलामी मार्फत बिक्री गरिनेछ । लिलामी सेयरमार्फत बिक्री गर्दा कम्पनीले प्रिमियमसमेत पाउने हुँदा कम्पनीहरु लिलामी मार्फत नै सेयर बेच्न थप इच्छुक हुने गरेका छन् । हकप्रद नभर्दा भने लगानीकर्ताहरुले मूल्य समायोजनको लाभ लिन सक्दैनन् ।

कम्पनीले अर्बिट इनर्जी प्रा. लि. र ह्याबिटाट पावर कम्पनी प्रा. लि. मा लगानी गर्ने र ६५ करोड रुपैयाँ ऋण भुक्तानी गर्न कम्पनीले हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल १ अर्ब ४५ करोड चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद निष्कासन तथा बाँडफाँडपश्चात चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको