Like us!
Follow us!
Connect us!
Watch us!

धितिपत्र बोर्डले आज अर्थमन्त्रालयमा सेयर बजार सुधार कार्ययोजना पेश गर्दै

अर्थ संसार

सोमबार, ०५ चैत्र २०८०, ०७ : ३० मा प्रकाशित

धितिपत्र बोर्डले आज अर्थमन्त्रालयमा सेयर बजार सुधार कार्ययोजना पेश गर्दै

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अर्थमन्त्रालयमा आज सेयर बजार सुधारका लागि संयुक्त कार्ययोजना पेश गर्ने तयारी गरेको छ। 

सेबोनको आइतबार बसेको सञ्चालक समितिको बैठकले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से),  सीडीएससी, लगायत अरु सरोकारवालाबाट प्राप्त राय–सुझावलाई एकीकृत गर्दै आज सोमबार अर्थ मन्त्रालयमा पेस गर्ने निर्णय गरेको हो। 

अर्थमन्त्री बर्षमान पुनले  सात दिनको समय दिएर पूँजी बजारमा तत्काल सुधारका लागि कार्ययोजना पेश गर्न  निर्देशन
दिएका थिए। 

अर्थ मन्त्रालयले फागुन २७ गते तीन वटै निकायहरुलाई पत्र पठाई पूँजी बजारमा सुधारका लागि तत्काल गर्नुपर्ने कामहरुसहितको कार्ययोजना सात दिन भित्र पेश गर्न निर्देशन दिएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको