Like us!
Follow us!
Connect us!
Watch us!

सहकारीका ऋणीलाई सावाँ र ब्याज तिर्न काठमाडौँ महानगरको आग्रह, नतिरे कानून बमोजिम ऋण असुली गरिने

अर्थ संसार

सोमबार, ०५ चैत्र २०८०, ०८ : ५८ मा प्रकाशित

सहकारीका ऋणीलाई सावाँ र ब्याज तिर्न  काठमाडौँ महानगरको आग्रह, नतिरे कानून बमोजिम ऋण असुली गरिने

काठमाडौं महानगरपालिकाले सहकारी संस्थाका ऋणीलाई ऋणको सावाँ र ब्याज तिर्न आग्रह गरेको छ। 

महानगरले प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड तथा प्रचलित कानुनको बर्खिलाप नहुने गरी जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो, सोही बमोजिम ऋणको सावाँ र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तानी गर्न ऋणीहरूलाई अनुरोध गरेको छ। 

साथै ऋणीले ऋण नतिरे कानून बमोजिम ऋण असुली प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत जानकारी दिएको छ। 

ऋणले लिएको ऋण रकमको समयमा सावाँ तथा ब्याज भुक्तान गर्नुपर्नेमा केही ऋणीहरूले विभिन्न बहानाबाजी गर्ने, केही पक्षले सहकारी संस्थाको ऋण तिर्नु नपर्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिको आधारमा ऋण चुक्ता नगरेको गुनासो महाननगरमा आएको सुचनामा उल्लेख छ। 

केही सहकारी संस्थाहरूमा तरलताको समस्याले सदस्यहरूको बचत फिर्ता गर्न नसकेको अवस्था रहेको पाइएको महानगरले भनेको छ । 

ऋणीले समयमा नै ऋण भुक्तानी नगरेमा संघीय सहकारी ऐन २०७४ को दफा ८३ २ ८४, बागमती प्रदेश सहकारी ऐन २०७६, को दफा ६५ र ६६ एवं काठमाडौँ महानगरपालिका सहकारी ऐन २०७४ को दफा ६१ र ६२ मा ऋणीहरुको  खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न संस्था स्वयंले सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्था गरेको सूचनामा उल्लेख छ। 

65f7b25b38639.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको