Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्याली हाइड्रोको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, ०७ चैत्र २०८०, १० : १० मा प्रकाशित

अरुण भ्याली हाइड्रोको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जारी गरेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म आवेदन दिने समय रहेकोमा हालसम्म कुल आवेदनको ६५.९३ प्रतिशत मात्रै आवेदन परेको छ ।

कम्पनीले चुक्तापुँजीको शतप्रतिशत अर्थात १:१ अनुपातमा प्रति सेयर १०० रूपैयाँका दरले १ अर्ब ८६ करोड रुपैयाँ ७९ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । निष्कासित १ करोड १० लाख कित्ता मध्ये हालसम्म ३० हजार आठ सय ६७ जनाले एक करोड २३ लाख १६ हजार ५ सय ४१ कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको