Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्याली हाइड्रोको हकप्रद सेयरमा आवेदन दिने समय समाप्त, कति पर्यो कुल आवेदन ?

अर्थ संसार

बुधबार, ०७ चैत्र २०८०, १८ : ०३ मा प्रकाशित

अरुण भ्याली हाइड्रोको हकप्रद सेयरमा आवेदन दिने समय समाप्त, कति पर्यो कुल आवेदन ?

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जारी गरेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने समय समाप्त भएको छ ।

आज कार्यालय समयसम्म आवेदन दिने समय रहेकोमा कुल निष्कासनको ७४.४२ प्रतिशत आवेदन परेको छ । कम्पनीले चुक्तापुँजीको शतप्रतिशत अर्थात १:१ अनुपातमा प्रति सेयर १०० रूपैयाँका दरले १ अर्ब ८६ करोड रुपैयाँ ७९ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । निष्कासित १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता मध्ये ३२ हजार ६ सय ७५ जनाले एक करोड ३९ लाख १ हजार ७ सय ३४ कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अवितरित बाकिँ सेयर अब लिलामी मार्फत बिक्री गरिनेछ । लिलामी सेयरमार्फत बिक्री गर्दा कम्पनीले प्रिमियमसमेत पाउने हुँदा कम्पनीहरु लिलामी मार्फत नै सेयर बेच्न थप इच्छुक हुने गरेका छन् । हकप्रद नभर्दा भने लगानीकर्ताहरुले मूल्य समायोजनको लाभ लिन सक्दैनन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको