Like us!
Follow us!
Connect us!
Watch us!

दुई कम्पनीको बोनस सेयर सुरक्षित गर्ने दिन आज

अर्थ संसार

विहीबार, ०८ चैत्र २०८०, ०८ : १८ मा प्रकाशित

दुई कम्पनीको बोनस सेयर सुरक्षित गर्ने दिन आज

साल्ट ट्रेडिङ्ग कर्पोरेशन र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यी दुबै कम्पनीहरुले अर्थात चैत ९ गतेका दिन बुक क्लोज तय गरेका छन्। जस अनुसार आजसम्म  चैत्र ८ गते सम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र लाभांस प्राप्त गर्नेछन। 

लाभासं मात्र होइन यी कम्पनीहरुको साधारणसभामा पनि आज सम्म कै सेयरधनीले मात्र भाग लिन पाउनेछन्। 

साल्ट ट्रेडिङ्ग कर्पोरेशन

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले चैत २३ गते, शुक्रबारका दिन बिहान ११ बजे  त्रिभूवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा आफ्नो साधारण सभा डाकेको छ। कम्पनीले आफ्नो ५७ औँ वार्षिक साधारण सभामा हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले साथै ऋण सुविधा लिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने प्रस्ताव रहेको छ। 

ग्रीन डेभलपमेन्ट बैंक

ग्रीन डेभलपमेन्ट बैंकले चैत २७ गते दशौँ तथा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ३.८ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने तय गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको