Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउ इतिहासकै उच्च, चाँदी पनि महङ्गियो

अर्थ संसार

विहीबार, ०८ चैत्र २०८०, ११ : २३ मा प्रकाशित

सुनको भाउ इतिहासकै उच्च, चाँदी पनि महङ्गियो

बिहीबार सुनको भाउ इतिहासकै उच्च विन्दुमा पुग्दा चाँदी पनि महङ्गिएको छ । आज सुनको भाउ प्रति तोला २६ सय रुपैयाँले बढ्दा चाँदी पनि ३५ रुपैयाँले महङ्गिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख २७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख २७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार पाँच सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको