Like us!
Follow us!
Connect us!
Watch us!

सुनचाँदीको भाउमा सामान्य गिरावट, कति पर्छ तोलाको?

अर्थ संसार

मंगलबार, १३ चैत्र २०८०, १० : ५९ मा प्रकाशित

सुनचाँदीको भाउमा सामान्य गिरावट, कति पर्छ तोलाको?

मङ्गलबार सुन चाँदीको भाउमा सामान्य गिरावट भएको छ । आज सुनको भाउ प्रति तोला तीन सय रुपैयाँले घट्दा चाँदी पनि १० रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख २६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार पाँच सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको