Like us!
Follow us!
Connect us!
Watch us!

दुर्गा प्रसाईंलाई अर्को गुड न्यूज, अङ्गरक्षकलाई रिहा गर्न सर्वोच्चको आदेश

अर्थ संसार

मंगलबार, १३ चैत्र २०८०, २० : १३ मा प्रकाशित

दुर्गा प्रसाईंलाई अर्को गुड न्यूज, अङ्गरक्षकलाई रिहा गर्न सर्वोच्चको आदेश

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अङ्गरक्षकलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका दुई अङ्गरक्षकलाई रिहा गर्न मङ्गलबार आदेश दिएको हो । प्रसाईंका अङ्गरक्षकद्वय रामकुमार धिमाल र दीपक खड्कालाई प्रहरीले चैत ५ गते अदालत परिसरबाट अत्याधुनिक हतियारसहित नियन्त्रणमा लिएको थियो ।

सर्वोच्चले फैसलामा इजाजतप्राप्त हतियार इजाजतपत्रको शर्तबमोजिम बोकी हिँडेको कार्यलाई कसुर कायम ठहर्याउन नसकिने उल्लेख गर्दै निवेदकलाई गैरकानूनी थुनाबाट आजै मुक्त गरिदिनु भन्दै विपक्षीका नाउँमा बन्दी प्रत्यक्षीकरण आदेश दिएको हो । हतियारसहित पक्राउ परेका दिपक खड्काकी श्रीमती शान्ता खड्काले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण मुद्दामा निवेदन दिएकी थिइन् ।

दुर्गा प्रसाईंको पक्षमा हिजोमात्रै मेडिकल कलेजको सम्बन्धन दिन सर्वोच्चले फैसला सुनाएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको