Like us!
Follow us!
Connect us!
Watch us!

अब ट्रेजरी बिल्स र विकास ऋणपत्रको बोलकबोल तथा निष्काशन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमार्फत हुने

अर्थ संसार

आइतबार, १८ चैत्र २०८०, १६ : ५६ मा प्रकाशित

अब ट्रेजरी बिल्स र विकास ऋणपत्रको बोलकबोल तथा निष्काशन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमार्फत हुने

अबदेखि ट्रेजरी बिल्स र विकास ऋणपत्रको बोलकबोल तथा निष्काशन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमार्फत हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै नेपाल सरकारको ट्रेजरी बिल्स र विकास ऋणपत्रको बोलकबोल तथा निष्काशन २०८० साल चैत्र १९ देखि सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, त्रिपुरेश्वरबाट हुने जानकारी दिएको जो । यसैगरी सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बोलकबोलको निर्णय डिओएमएसका आधारमा गर्ने भएकोले उक्त कार्यमा सहभागीहरुले डिओएमएस र ओबिएसएस दुवैमा बोलकबोल पेश गर्न पनि बैंकले अनुरोध गरेको छ । 

सरकारी ऋणपत्रको बोलकबोल र निष्काशन सम्बन्धी थप जानकारीका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको