सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज २३.०८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोलमार्फत बिक्री गर्ने भएको छ । कार्यालयले २८ दिन, १८२ दिन र ३६४ दिनक लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
कार्यालयले २८ दिनको लागि आठ अर्ब रुपैयाँ, १८२ दिनका लागि ९ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ६.०८ अर्ब रुपैयाँको ट्रेजरी बोलकबोल गर्न लागेको हो । बोलकबोलमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् ।
यसअघि वैशाख गते कार्यालयले ९१, १८२ र ३६४ दिने २३.१ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । ती बिलहरु बैंक तथा वित्तीय संस्थाले क्रमश: २.९२३६, ३.०८९४ प्रतिशत र ३.२३५९ प्रतिशत ब्याजमा खरिद गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस