अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ८ प्रतिशत ब्याजदर प्रदान गर्ने पाँच अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्कासन गर्ने भएको छ ।
कार्यालयले यही वैशाख ३० गतेदेखि जेठ ३० गतेसम्मका लागि पाँच वर्षे नागरिक बचतपत्र-२०८६ का लागि आवेदन माग गरेको हो । उक्त बचतपत्रमा नेपाली नागरिक तथा गैरआवासीय नेपालीबाट आवेदन माग गरिएको हो । अर्धवार्षिक रुपमा ब्याज भुक्तान हुने यस बचतपत्रमा घटीमा १० हजार रुपैयाँदेखि बढीमा १० हजारले भाग गर्दा निशेष रहने गरि कुल आह्वान रकमसम्मै आवेदन दिन सकिने जनाइएको छ ।
२०८१ असार ४ मा निष्कासन भई २०८६ असार ४ गते उक्त बचतपत्रको साँवा भुक्तान हुनेछ । बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिने तथा जुनसुकै बेला दोस्रो बजारमार्फत खरिद बिक्री गर्न पनि सकिनेछ । कार्यालयको वेबसाईटमा रहेको पोर्टलमार्फत अनलाइन बाटै आवेदन दिन सकिनेछ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटिरहेको बेला सरकारले ८ प्रतिशत ब्याजदर दिने गरि लगानीको अवसर प्रदान गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस