Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो सुनको मूल्य,कतिमा हुँदैछ किनबेच?

अर्थ संसार

मंगलबार, २० चैत्र २०८०, १० : ५७ मा प्रकाशित

घट्यो सुनको मूल्य,कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । सोमबार १ हजार ६०० रुपैयाँ बढेर रेकर्ड मूल्य कायम गरेको सुनको मूल्य मंगलबार ४ सय रुपैयाँले घटेको हो ।

सोमबार १ लाख ३१ हजार ६ सय रुपैयाँ कारेबार भइरहेको छापावाला सुनको मूल्य मंगलबार १ लाख ३१ हजार २०० रुपैयाँ तोकिएको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुन प्रतितोला १ लाख ३० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदी प्रतितोला १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ५३५ रुपैयाँमा कारोबार भएको थियो । अन्तराष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तराष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार २५६ दशमलव ७६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २५ दशमलव ३४ डलरमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको