Like us!
Follow us!
Connect us!
Watch us!

अरुणाञ्चल प्रदेशबारे चीन र भारतबीच फेरि तनाव

अर्थ संसार

मंगलबार, २० चैत्र २०८०, १६ : २४ मा प्रकाशित

अरुणाञ्चल प्रदेशबारे चीन र भारतबीच फेरि तनाव

चीन र भारत दुवैले आफ्नो भनी दाबी गरेको अरुणाञ्चल प्रदेशका कारण फेरि दुई देशबीचको तनाव सतहमा आएको छ ।

चीनले शनिबार दक्षिणी तिब्बत भन्दै आएको उक्त प्रदेशका ३० स्थानको नामाङ्कन गरिदिएको थियो । उक्त नामाङ्कन आज मङ्गलबार भारतले अस्वीकार गरिदिएको हो । भारतले आज चीनको उक्त गतिविधि विचारहीन भएको र अरुणाञ्चल प्रदेश भारतको अभिन्न अङ्ग भएको बताएको छ । भारतीय विदेशमन्त्री एस जयशङ्करले सोमबार नाम फेर्दैमा केही नहुने बताएका थिए । उनले भने, "के तपाईंको घरको नाम मैले फेर्दिदैमा त्यो घर मेरो हुन्छ ?"

भारत र चीनलाई ३८ सय किलोमिटर लामो सीमानाले छुट्ट्याएको छ । स्पष्ट रुपमा सीमाङ्कन नगरिएको हुँदा दुई देशबीच सीमा विवाद हुँदै आएको छ । २०२० मा दुई देशका सेना बाहुबल झडपमा उत्रदा भारतका २० र चीनका ४ सेनाको ज्यान गएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको