Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तम सिमेन्टले घोषणा गर्यो १५ प्रतिशत नगद लाभांश, बुक क्लोज कहिले ?

अर्थ संसार

मंगलबार, २० चैत्र २०८०, १८ : ०५ मा प्रकाशित

सर्वोत्तम सिमेन्टले घोषणा गर्यो १५ प्रतिशत नगद लाभांश, बुक क्लोज कहिले ?

सर्वोत्तम सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हालको चुक्ता पुँजी चार अर्ब ६५ करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने ६९ करोड ७५ लाख रुपैयाँ बराबरको नगद लाभांश बाँड्ने भएको हो ।

यसैगरी बैठकले बैठकले वैशाख १२ गते रुपन्देहीको सिद्धार्थनगरस्थित होटेल सिद्धार्थ भिलासामा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थ चैत ३० गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात चैत २९ गतेसम्म कायम सेयरधनीले मात्र लाभांस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको