Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफ इन्स्योरेन्सले घोषणा गर्यो बम्पर लाभांश, बोनस सेयर कति ?

अर्थ संसार

बुधबार, २१ चैत्र २०८०, १० : ४१ मा प्रकाशित

सूर्यज्योति लाइफ इन्स्योरेन्सले घोषणा गर्यो बम्पर लाभांश, बोनस सेयर कति ?

सूर्यज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हालको चुक्ता पुँजी चार अर्ब ५४ करोड ५५ लाख ७२ हजार एक सय रुपैयाँको १०.२६ प्रतिशतले हुन आउने ४६ करोड ६३ लाख ७५ हजार ६९७.४६ रुपैयाँ बराबरको बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश बाँड्ने भएको हो ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिएर साधारणसभाबाट पारित गरेपछि लगानीकर्तालाई उक्त लाभांश वितरण गरिनेछ । कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको