Like us!
Follow us!
Connect us!
Watch us!

यूनाइटेड अजोड इन्स्योरेन्सको १६ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, २२ चैत्र २०८०, ११ : ३८ मा प्रकाशित

यूनाइटेड अजोड इन्स्योरेन्सको १६ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

यूनाइटेड अजोड इन्स्योरेन्सले १६ हजार ६५९ कित्तासंस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो । 

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपियाँ तोकिएको कम्पनीले जनाएको छ । 

हाल यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । 
शेयर खरिदका लागि आजको मितिले ३५ दिनभित्र काठमाडौं सुन्धारामा रहेको कम्पनीको प्रधान कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा सर्वसाधारणका लागि खुला गरिने बताइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको