Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड अजोड इन्स्योरेन्सका सिईओको हृदयघातबाट निधन

अर्थ संसार

विहीबार, ०८ कार्तिक २०८१, ०९ : ०८ मा प्रकाशित

युनाइटेड अजोड इन्स्योरेन्सका सिईओको हृदयघातबाट निधन

युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी निर्देशक श्रवण कुमार रावलको गएराति  हृदयघातबाट निधन भएको छ । 

अन्तर्राष्ट्रिय समावेशी बीमा सम्बन्धी कार्यक्रममा भाग लिएर राम्रैसँग घर फर्केका रावललाई गएराति हृदयघात भएको हो । एक्कासी असहज भएपछि अस्पताल पुर्याइएको र उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको अन्त्यष्टि परम्परा अनुसार सम्भवतः भोलि हुनेछ ।

बीमा क्षेत्रमा लामो समय बिताएका रावलको ६१ वर्षको उमेरमा निधन भएको हो ।

यसअघि प्रुडेन्सियलमा सिईओ रहेका रावल मर्जरपछि राजिनामा गरेर युनाईटेड अजोड इन्स्योरेन्सम २०८० जेठ २३ गते सिईओ पदमा नियुक्त भएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको