Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड अजोडको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, १० असार २०८१, ११ : १४ मा प्रकाशित

युनाइटेड अजोडको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

युनाइटेड अजोड इन्स्योरेन्सले करिब ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । 

कम्पनीले सेयरधनीको स्वामित्वमा रहेको कुल ४९ हजार ७०५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । 

यो सेयरमा कम्पनीका कायम संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । सेयर को मूल्य प्रतिकित्ता २४० रुपियाँ तोकिएको छ ।

सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र सुन्धारा, काठमाडौंमा रहेको कम्पनीको प्रधान कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको