Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबारको मन्त्रीपरिषद् बैठकका यस्ता छन् निर्णयहरु

अर्थ संसार

विहीबार, २२ चैत्र २०८०, १५ : ५६ मा प्रकाशित

बिहीबारको मन्त्रीपरिषद् बैठकका यस्ता छन् निर्णयहरु

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले श्रम अदालतको मुकाम तोक्ने लगायतका निर्णय गरेको छ ।

सरकारको प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने भनिएकोमा त्यसको सट्टा श्रम अदालतको मुकाम काठमाडौं जिल्ला रहने गरी निर्णय भएको जानकारी दिएकी हुन् । त्यसबारे सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको पनि शर्माले बताइन् । 

यसैगरी बैठकले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा सप्तरी निवासी प्राध्यापक डा. पशुपति चौधरी र सदस्य पदमा डा. वीरेन्द्रप्रसाद यादवलाई नियुक्ति गर्ने निर्णय गरेको जनाइएको छ । सरकारले बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सदस्य पदमा डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई मनोनयन पनि गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको