Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ अर्ब,एक वर्ष बढीको आयात धान्न पुग्ने

अर्थ संसार

विहीबार, २२ चैत्र २०८०, १७ : ५२ मा प्रकाशित

विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ अर्ब,एक वर्ष बढीको आयात धान्न पुग्ने

नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय रिपोर्टअनुसार फागुन मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ अर्ब नाघेको छ ।  राष्ट्र बैंकका अनुसार २१.७ प्रतिशतले बढ्दै कूल १८ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ पुगेको हो । 

समीक्षा अवधिमा बढेको विप्रेषण आप्रवाह, केही घटेको आयात र अन्य सेवा आयले सञ्चिति बढ्न पुगेको हो । 

आर्थिक वर्ष २०८०/८१ को ८ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.८ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । 

२०८० फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपातहरू क्रमशः ३४.८ प्रतिशत, १०३.१ प्रतिशत र २८.२ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरू क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको