Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा आज मौद्रिक नीति सार्वजनिक हुँदै, ब्याजदरमा परिवर्तन नहुने अपेक्षा

अर्थ संसार

शुक्रबार, २३ चैत्र २०८०, ०९ : १४ मा प्रकाशित

भारतमा आज मौद्रिक नीति सार्वजनिक हुँदै, ब्याजदरमा परिवर्तन नहुने अपेक्षा

छिमेकी मुलुक भारतमा आज आर्थिक वर्ष २०२५ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

भारतमा हरेक दुई दुई महिनामा मौद्रिक नीतिको समीक्षा हुने गरेकोमा आज आव २०२५ का लागि पहिलो नीति घोषणा कार्यक्रम रहेको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाको (आरबिआई) ६ सदस्यीय मौद्रिक नीति समितिले त्यहाँको मौद्रिक नीतिको तयार पार्ने कार्य गर्दछ । त्यसका लागि अप्रिल ३ तारिखदेखि समितिको बैठक बसिरहेको थियो । सोही बैठकको निर्णयहरु आज बिहान १० बजे आरबिआईका गभर्नर तथा समितिका अध्यक्ष शक्तिकान्त दासले सार्वजनिक गर्न लागेका हुन् ।

पहिलो द्वीमासिक समीक्षामार्फत आरबिआईले ब्याजदरबारे महत्त्वपूर्ण निर्णयहरु गर्ने सार्वजनिक गर्नेछ । बढ्दो मूल्यवृद्धिबीच रिपो रेट ६.५ प्रतिशत नै रहने धेरैजसोको अपेक्षा रहेको छ । रिपो रेट जसको आधारमा आरबिआईले अन्य बैंकहरुलाई कर्जा प्रवाह गर्छ त्यसकै आधारमा नै बैंकहरुले आफ्नो ब्याजदर निर्धारण गर्ने गर्दछन् । पोलिसी रेट पनि भनिने रिपो रेटमा वृद्धि भएमा त्यसले समग्र कर्जा प्रवाहलाई नै महङ्गो बनाउनेछ भने मुद्रास्फीतिलाई थप टेवा दिने गर्दछ । 

रिपो रेट बढेमा भारतमा उत्पादन लागतमा वृद्धि भई त्यसको सीधा प्रभावमा नेपालमा समेत पर्नेगर्दछ । यसपटक रिपो रेट परिवर्तन नभएमा यो लगातार छैटौं समीक्षा हुनेछ जसमा उक्त ब्याजदर स्थिर रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको