अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालले वायुसेवा निगमको वाइडबडी भ्रष्टाचार प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सञ्चालक मुक्तिराम पाण्डे विरुद्ध पनि मुद्धा दायर गरेको छ ।
तत्कालीन सञ्चालक समितिका सदस्य पाण्डेले समितिमा रहँदा निगमका अन्य कर्मचारीहरुसँगको मिलेमतोमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३ बमोजिम सो ऐनले व्यवस्थित गरेका कार्यविधि विपरीत रहेको नेपाल वायुसेवा निगम आर्थिक विनियमावली २०६५ को विनियम २३६ संशोसन नगरी सार्वजनिक खरिद ऐन २०६३ ले निर्धारण गरेको कार्यविधि र सो अनुरुपको स्ट्याण्डर्ड बिडिङ डकुमेन्ट विपरीतको रिक्वेष्ट फर प्रपोजल डकुमेन्ट स्वीकृत गराई संस्थालाई आर्थिक नोक्सानी पुर्याएको आरोपपत्रमा उल्लेख गरिएको छ ।
निगमको वाइडबडी ए ३३० नामक दुईवटा जहाज किन्दा डेढ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको भन्दै २४ जना नेपालीविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले २४ नेपाली र ८ विदेशी गरि ३२ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
निगमले २४ अर्ब ऋण लिएर जहाज किनेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस