Like us!
Follow us!
Connect us!
Watch us!

रेकर्ड मूल्यबाट घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

शुक्रबार, २३ चैत्र २०८०, १० : ४८ मा प्रकाशित

रेकर्ड मूल्यबाट घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य रेकर्ड मूल्यबाट तल झरेको छ । बिहीबार एक हजार रुपैयाँ बढेर रेकर्ड कायम गरेको सुनको मूल्य शुक्रबार १ हजार ३०० रुपैयाँले तल झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य १ लाख ३२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार  रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला १ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको