Like us!
Follow us!
Connect us!
Watch us!

डिजिटल कारोबारमा उल्लेख्य वृद्धि, क्युआरबाटै ४२ अर्ब ५ करोड बढीको कारोबार

अर्थ संसार

आइतबार, २५ चैत्र २०८०, १५ : ०० मा प्रकाशित

डिजिटल कारोबारमा उल्लेख्य वृद्धि, क्युआरबाटै ४२ अर्ब ५ करोड बढीको कारोबार

पछिल्लो समय अनलाइन प्रयोगकर्ताको संख्या बढ्दै गएपछि कारोबार पनि उच्च हुन थालेको छ । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ्गमाजोड दिएपछि कारोबार डिजिटलबाटै हुनथालेको हो ।

पछिल्लो समय नगदसहित विद्युतीय भुक्तानीको कारोबारमा एटिएम, विद्युतीय भुक्तानी प्रणाली, कनेक्ट आइपीएस, मोबाइल बैंकिङ, वालेट, प्रिपेड कार्ड, क्युआर कोडलगायतको प्रयोग र प्रयोगकर्ता बढेको राष्ट्र बैंककोे आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनासम्मको तथ्याङ्कले पुष्टि गर्छ । 

सार्वजनिक तथ्यांकानुसार चालु आर्थिक वर्षको आठ महिनामा मोबाइल बैंकिङ्गमार्फत कूल २ खर्ब ९१ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ ।

गत वर्ष (२०७९) को असार मसान्तसम्म यस्तो कारोबार १ खर्ब ६३ अर्ब २५ करोड रुपैयाँ बराबरको भएको थियो । कारोबार बढेसँगै मोबाइल  प्रयोगकर्ताहरुको सङ्ख्या २ करोड ३७ लाख ८३ हजार पुगेको छ ।

चालु आवको आठ महिनामा ४२ अर्ब ५ करोड ६० लाख रुपैयाँको कारोबार क्युआर कोड मार्फत भएको छ । 
फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालमा मोबाइल बैंकिङ्गप्रयोगकर्ताहरुको संख्या २ करोड ७८ लाख ३३ हजार ८९ रहेको छ ।  इन्टरनेट बैंकिङ्गमार्फत १४ अर्ब ३ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

यस्तै, कनेक्ट आइपीएस मार्फत ४ खर्ब ८३ अर्ब १८२ बढीको कारोबार भएको छ । यो अवधिमा कनेक्ट आईपीएस मार्फत ५९ लाख ७१ हजार ११५ पटक कारोबार भएको छ । कनेक्ट आइपीएस प्रयोगकर्ताको संख्याभने १२ लाख  २८ हजार १४० रहेको छ ।

डिजिटल कारोबार मार्फत, आफूलाई आवश्यक वस्तुहरुको किनमेल, टेलिफोन, विद्युत, खानेपानीलगायतको बिलभुक्तानीगर्ने, मोबाइल, टेलिफोन रिचार्ज गर्ने एक बैंकबाट अर्को बैंकको खातामा रकम पठाउने लगायतका काम गर्न सकिन्छ । त्यसैले पनि यसतर्फ मानिसहरुको आकर्षण दिनानुदिन बढ्दै गएको देखिन्छ । 

पछिल्लो समय विद्युतीयभुक्तानीमा बढ्दो आकर्षणसँगै डिजीटल कारोबार र भुक्तानीदुवै उल्लेख्य रुपमा अघि बढेको हो । डिजीटल कारोबारलाई राष्ट्र बैंकले पनि बढवा दिँदै आएको छ । राष्ट्र बैंकले समेत क्युआर पेमेन्टलाई प्राथमिकतामा राखी बैंक तथा वित्तीय संस्थासँग समन्वयमा ‘नगदरहित’ कारोबार अभियान नै चलाईरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको