Like us!
Follow us!
Connect us!
Watch us!

यस साताको सेयरबजार रिक्याप : २१.२५ अङ्कले बढ्यो सेयरबजार, मसान्तको प्रेसर सकिँदा औसत कारोबारमा वृद्धि

अर्थ संसार

शुक्रबार, ३० चैत्र २०८०, १५ : २६ मा प्रकाशित

यस साताको सेयरबजार रिक्याप : २१.२५ अङ्कले बढ्यो सेयरबजार, मसान्तको प्रेसर सकिँदा औसत कारोबारमा वृद्धि

यो साताको तीन दिन मात्रै सेयर कारोबार भएको छ । तीन दिनमा ११ अर्ब ८८ करोडको कारोबार हुँदा नेप्से परिसूचकमा भने २१.२५ अङ्कको वृद्धि भएको छ ।

साताको पहिलो दिन आइतबार बजार खुल्दा २००४.०५ विन्दुमा रहेको नेप्से परिसूचक बुधबार २०२५.३० विन्दुमा बन्द भएको हो । यो साता बजारमा २१.२५ अङ्कको वृद्धि सँगै सेयर कारोबारमा पनि सुधार आएको छ । तीन दिनमा कुल ११ अर्ब ८८ करोड ६१ लाख २० हजार ९ सय ६३ रुपैयाँ बराबरको कारोबार भएको छ । जस अनुसार औसतमा हेर्दा दैनिक करिब तीन अर्ब ९६ करोड २० लाख बराबरको कारोबार भएको हो । यो साता आइतबार र मङ्गलबार बजार बढ्दा बुधबार भने बजारमा गिरावट भएको थियो ।

उपसूचकतर्फ हेर्दा यो साता बैंकिङ उपसूचक ९.१७ अङ्कले बढेको छ । यसैगरी विकास बैंक उपसूचक ९८.९९ अङ्कले बढेको छ । हाइड्रोपावर उपसूचकमा पनि यो साता ४६.२५ अङ्कले बढेको छ । फाइनान्स उपसूचक पनि ११७.४१ अङ्कले बढेको छ ।

आइतबार बजार खुल्दाको कुल पुँजीकरण ३१ खर्ब ७७ अर्ब ६७ करोड रुपैयाँ रहेकोमा बुधबार बजार बन्द हुँदा कुल बजार पुँजीकरण बढेर ३२ खर्ब १२ अर्ब पुगेको छ । अर्थात यो साता समग्र लगानीकर्ताको सम्पत्तिमा ३४ अर्ब ३३ करोड रुपैयाँले वृद्धि भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको