Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार २४.७ अर्बको ट्रेजरी बिल बोलकबोल हुँदै

अर्थ संसार

आइतबार, ०२ बैशाख २०८१, १२ : २३ मा प्रकाशित

सोमबार २४.७ अर्बको ट्रेजरी बिल बोलकबोल हुँदै

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले भोलि २४.७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोलमार्फत बिक्री गर्ने भएको छ । कार्यालयले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनक लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

कार्यालयले २८ दिनका पाँच अर्ब रुपैयाँ, ९१ दिनका लागि ७.७ अर्ब रुपैयाँ, १८२ दिनका लागि पाँच अर्ब रुपैयाँ र ३६४ दिनका लागि सात अर्ब रुपैयाँको ट्रेजरी बोलकबोल गर्न लागेको हो । सबै बिल्सहरु पुरानै नवीकरण गर्न लागिएको हो । बोलकबोलमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् । 

यसअघि चैत २५ गते कार्यालयले २८, ९१ र ३६४ दिने १३ अर्ब ५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । ती बिलहरु बैंक तथा वित्तीय संस्थाले क्रमश: २.९७७६, ३.११८५ प्रतिशत र ३.२६९३ प्रतिशत ब्याजमा खरिद गरेका थिए । पछिल्लो समय तरलतामा सामान्य प्रेसर पर्दा बैंकहरुले बोलकबोलमा ब्याजदर बढाउन थालेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको