Like us!
Follow us!
Connect us!
Watch us!

आज २१ अर्बको ट्रेजरी बिल बोलकबोलमार्फत बिक्री हुँदै

अर्थ संसार

आइतबार, २५ चैत्र २०८०, ११ : ३६ मा प्रकाशित

आज २१ अर्बको ट्रेजरी बिल बोलकबोलमार्फत बिक्री हुँदै

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज २१ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोलमार्फत बिक्री गर्ने भएको छ । कार्यालयले २८ दिन, ९१ दिन र ३६४ दिन लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

बैंकले २८ दिनका आठ अर्ब रुपैयाँ, ९१ दिनका लागि आठ अर्ब रुपैयाँ र ३६४ दिनका लागि पाँच अर्ब रुपैयाँ ट्रेजरी बोलकबोल गर्न लागेको हो । सबै बिल्सहरु पुरानै नवीकरण हुन लागेका हुन् । बोलकबोलमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् । 

यसअघि चैत २१ गते कार्यालयले ९१ र १८२ दिने १३ अर्ब ५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । ती बिलहरु बैंक तथा वित्तीय संस्थाले २.९४ प्रतिशत र ३.०११३ प्रतिशत ब्याजमा खरिद गरेका थिए । पछिल्लो समय तरलतामा सामान्य प्रेसर परेको बताइरहेका बैंकहरुले कति ब्याजमा बिल्स खरिद गर्छन् चासोको विषय बनेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको