Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार ३२.७३ अर्बको ट्रेजरी बिल बिक्री हुँदै

अर्थ संसार

आइतबार, ०६ जेठ २०८१, ०९ : १२ मा प्रकाशित

सोमबार ३२.७३ अर्बको ट्रेजरी बिल बिक्री हुँदै

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले भोलि ३२.७३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोलमार्फत बिक्री गर्ने भएको छ । कार्यालयले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनक लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

कार्यालयले २८ दिनको लागि १० अर्ब रुपैयाँ, ९१ दिनका लागि ७.२३ अर्ब, १८२ दिनका लागि १३ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ७.५ अर्ब रुपैयाँको ट्रेजरी बोलकबोल गर्न लागेको हो । बोलकबोलमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् । १८२ दिनका लागि जारी हुन लागेको ५ अर्बकोबाहेक अन्य सबै नवीकरण गर्न लागिएको ट्रेजरी बिल रहेका छन् ।

यसअघि वैशाख ३१ गते कार्यालयले २८, ९१, १८२ र ३६४ दिने २३.१ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । ती बिलहरु बैंक तथा वित्तीय संस्थाले क्रमश: २.६९४०, २.९९९५, ३.०३४८ प्रतिशत र ३.२०२७ प्रतिशत ब्याजमा खरिद गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको