Like us!
Follow us!
Connect us!
Watch us!

अधिक तरलताबीच सस्तोमा ऋण उठाउँदै सरकार, ३ प्रतिशत ब्याजमै लगानी गर्न बैंक तथा वित्तीय संस्था तयार

अर्थ संसार

मंगलबार, २० चैत्र २०८०, १२ : ३७ मा प्रकाशित

अधिक तरलताबीच सस्तोमा ऋण उठाउँदै सरकार, ३ प्रतिशत ब्याजमै लगानी गर्न बैंक तथा वित्तीय संस्था तयार

सरकारले मङ्गलबार औसत ३ प्रतिशत ब्याजदरमै १३.०५ अर्ब सार्वजनिक ऋण उठाएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९१ दिने र १८० दिने ट्रेजरी बिलमार्फत आज १३ अर्ब ५ करोड सार्वजनिक ऋण उठाएको हो । ९१ दिने ट्रेजरी बिलमार्फत सात अर्ब ७५ करोड र १८० दिने ट्रेजरी बिलमार्फत पाँच अर्ब ३० करोड रुपैयाँ अल्पकालीन ऋण बैंक तथा वित्तीय संस्थाबाट उठाइएको हो ।

बजारमा अधिक तरलता कारण बैंक तथा वित्तीय संस्थाले ६ महिनासम्मका लागिसमेत न्यून ब्याजदरमै सरकारको अल्पकालीन ऋण औजारमा लगानी गरेका हुन् । ९१ दिने ट्रेजरी बिलमा न्यूनतम २.७८६९ देखि अधिकतम २.९९९९ प्रतिशत ब्याजदर तथा १८० दिने ट्रेजरी बिलमा न्यूनतम २.८००१ देखि अधिकतम ३.०३९९ प्रतिशत ब्याजदरमा टि बिल्सहरु बिक्री भएका हुन् ।

९१ दिने ट्रेजरीका लागि २१ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट ६६ वटा आवेदन तथा १८० दिने ट्रेजरीका लागि १८ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट ६१ वटा आवेदन परेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको