Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली सुन ६० लाखमा बिक्री गरेको आरोपमा एक जना पक्राउ

अर्थ संसार

मंगलबार, ०४ बैशाख २०८१, १२ : ५७ मा प्रकाशित

नक्कली सुन ६० लाखमा बिक्री गरेको आरोपमा एक जना पक्राउ

नक्कली सुनलाई सक्कली भन्दै ६० लाखमा बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिलुगुढीका ५४ वर्षीय शेरबहादुर गिरी रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले सोमबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

गिरीले आफूसँग १ किलो काँचो सुन रहेको भन्दै झापाको बुद्धशान्ति गाउँपालिका–२ कि ४५ वर्षीया सविता सिटौलालाई ६० लाखमा बिक्री गरेको पाइएको झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिएका छन ।

सिटौलाले ६० लामा किनेको भनिएको सुन नक्कली परेपछि प्रहरीमा जाहेरी दिएपछि प्रहरीले गिरीलाई बिर्तामोड–५ स्थित शनिश्चरे रोडबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ । 

उनलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको