Like us!
Follow us!
Connect us!
Watch us!

नबिललाई 'ब्लु चिप' भन्ने दिन गएकै हो? तेस्रो त्रैमास सम्म नाफामा ८ प्रतिशतको गिरावट

अर्थ संसार

शुक्रबार, ०७ बैशाख २०८१, ०७ : ३८ मा प्रकाशित

नबिललाई  'ब्लु चिप' भन्ने दिन गएकै हो? तेस्रो त्रैमास सम्म नाफामा ८ प्रतिशतको गिरावट

नबिल बैंकले यस आर्थिक वर्ष २०८०/८१ को  तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।बैंकले नाम अनुसारको प्रगति यस त्रैमासमा पनि गर्न सकेको छैन। 

सूचक 

खुद नाफा 
नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्म खुद नाफा गत वर्षको तुलनामा घटेको छ। यस वर्ष बैंकले  ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ८.७६ प्रतिशतले कम हो । गत वर्ष यसले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

खुद ब्याज आम्दानी
बैंकको यस त्रैमास सम्म खुद ब्याज आम्दानी बढेको छ। यस त्रैमास सम्म बैंकले १२ अर्ब ५५ करोड रुपैयाँ रुपैयाँ कमाएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले  १२ अर्ब १० करोड खुद ब्याज आम्दानी गरेको थियो। यस सूचक ३.७२ प्रतिशतले बढेको देखिन्छ। 

सञ्चालन मुनाफा
बैंकको सञ्चालन नाफा १०.७२ प्रतिशतले घटेर ६ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ । 

खराब कर्जा अनुपात (एनपील)
बैंकको दोस्रो त्रैमास भन्दा  खराब कर्जा अनुपात (एनपील) बढेको छ ।  तेस्रो त्रैमासमा खराब कर्जा १.२७ प्रतिशत पुगेको छ जुन यस दोस्रो त्रैमासमा १.२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस अवधिमा खराब कर्जा एनपीएल १.९८ प्रतिशत रहेको थियो।

इम्पेयरमेन्ट चार्ज
इम्पेयरमेन्ट चार्जका रुपमा ३ अर्ब २३ करोड रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष यहि अवधि सम्म  ३ अर्ब ३३ करोड  रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो।

चुक्तापुँजी
२७ अर्ब ५ करोड रुपैयाँ

रिजर्भ
२७ अर्ब ७८ करोड

वितरणयोग्य मुनाफा
१ अर्ब ५४ करोड रुपैयाँ 

प्रति सेयर आम्दानी (ईपीएस)
१.९७ रुपैयाँले घटेर २३.२४ रुपैयाँ  

प्रति सेयर नेटवर्थ
२०८.३९ रुपैयाँ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको