प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ । आजै राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि सरकारले सिफारिस गरेको आठौँ अध्यादेश जारी गरेका थिए । संवैधानिक परिषद्सम्बन्धीसहित सबै आठै वटा अध्यादेश जारी भएसँगै अब संसद अधिवेशन बोलाउने तयारीमा सरकार छ ।
यसअघि हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस