Like us!
Follow us!
Connect us!
Watch us!

कसले बेच्यो नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता सेयर ?

अर्थ संसार

बुधबार, १२ बैशाख २०८१, १३ : ०३ मा प्रकाशित

कसले बेच्यो नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता सेयर ?

धितोपत्र दोस्रो बजार नेप्सेमा आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर ठुलो संख्यामा कारोबार भएको छ। नेप्सेका अनुसार आज प्रतिकित्ता २८० मा कम्पनीको २२ लाख ६० हजार ८८० कित्ता सेयर किनबेच भएको हो । 

यो बजारमा किन बेच नभएर किन्ने र बेच्ने बीच सम्झौता भएर गरिएको कारोबार हो। 

कसले किन्यो कसले बेच्यो ?

नेपाल पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार ४ सय ४६ कित्ता संस्थापक सेयर प्रिमियर इन्स्योरेन्स सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बेचेको हो। कम्पनीसँग नेपाल पुनर्बीमा कम्पनीको  ४१ लाख ४६ हजार ४ सय १२ कित्ता रहेकोमा कम्पनीले २० लाख ७३ हजार ४१ कित्ता बेचेको छ ।

यस ठुलो कित्ता  हिमालयन लाइफ इन्स्योरेन्स किनेको बुझिएको छ। 

नाफाको कारोबार 

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई यस कम्पनीको सेयर बेच्दा राम्रो नाफा हुने देखिएको छ। कम्पनीको लगानी मूल्य १०० रुपैंया मै रहेकोले पनि यस कारोबारवाट कम्पनीलाई फाइदाजनक रुपमा हेरिएको छ। साथै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विभिन्न पटक  नेपाल पुनर्बीमाको लाभांस पनि खाएको छ। 

यस्तो छ नेपाल पुनर्बीमाको लाभांस इतिहास 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको