Like us!
Follow us!
Connect us!
Watch us!

मौन अवधिलाई मनी अवधिका रूपमा प्रयोग नगरियोस् :रवि लामिछाने

अर्थ संसार

बुधबार, १२ बैशाख २०८१, १७ : १७ मा प्रकाशित

मौन अवधिलाई मनी अवधिका रूपमा प्रयोग नगरियोस् :रवि लामिछाने

उप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आचार संहिता अक्षरश पालना गराउन सुरक्षा निकायलाई दिर्नेशन दिँदै मौन अवधिमा आर्थिक चलखेल नगर्न दल र उम्मेदवारलाई चेतावनी दिएका छन्।

बुधबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले मौन अवधिमा आर्थिक चलखेल नगर्न दल र उम्मेदवारलाई चेतावनी दिएका हुन् ।

‘मौन अवधि भनेको मनी (पैसा) अवधि भएको कुरा तपाईंहरूले सुन्नुभएको छ होला,’ गृहमन्त्री लामिछानेले चेतावनी दिँदै भने, ‘खबरदार, इलाम र बझाङमा मौन अवधिलाई मनी अवधिको रूपमा प्रयोग नगरियोस् ।’

आचारसंहिता उल्लंघन गर्नेलाई कानुनको दायरामा ल्याएरै छोड्ने उनको दृढता थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको