Like us!
Follow us!
Connect us!
Watch us!

२ करोड नगद र सुनसहित ७ जना काठमाडौंबाट पक्राउ

अर्थ संसार

शुक्रबार, १४ बैशाख २०८१, १२ : ३३ मा प्रकाशित

२ करोड नगद र सुनसहित ७ जना काठमाडौंबाट पक्राउ

काठमाडौंमा प्रहरीले २ करोड रुपैयाँ र झन्डै एक किलो सुनसहित ७ जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको प्रारम्भिक जानकारीअनुसार उक्त नगद र सुनसहित उनीहरूलाई पक्राउ गरिएको हो। 

पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ३, टाँटे बस्ने वर्ष ४७ का गणेश दत्त बडु,  झापा बिर्तामोड नपा–३ का ३० वर्षीय दिनेश खरेल, दार्चुला टाटे नपा वडा नं. ३ का २१ वर्षीय आयुष बहु र झापा बिर्तामोड नपा वडा नं. ३ का २२ वर्षीय भातराज खोल छन्। 

तीन भारतीय नागरिकमा भारत महाराष्ट्र सांगली आटपाडी थाना ठेगानाका ३७ वर्षीय अमोल विभूत, सोही ठेगानाका १८ वर्षीय ऋषिकेश प्रकाश विभूते र १८ वर्षीय गणेश सतिश वाल्टे छन्। 

उनीहरूको साथबाट १७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। 

काठमाडौं–२४, दुछेंननी टोलमा केही व्यक्तिले अवैध सुनको कारोबार गरिरहेका छन् भन्ने गोप्य सूचना प्राप्त भएपश्चात् गएको प्रहरी टोलीले खोजी गर्दै जाँदा गणेश दत्त बडुसहित उनीहरूलाई उल्लिखित सुन र नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको