Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको आन्दोलन स्थगित हुँदा सेयरबजारमा दोहोरो अङ्कको वृद्धि, कारोबार पनि बढ्यो

अर्थ संसार

आइतबार, १६ बैशाख २०८१, १५ : ११ मा प्रकाशित

लगानीकर्ताको आन्दोलन स्थगित हुँदा सेयरबजारमा दोहोरो अङ्कको वृद्धि, कारोबार पनि बढ्यो

लगानी सम्मेलनका बेला आन्दोलन गर्न तात्तिएका लगानीकर्ताले आन्दोलन स्थगित गरेसँगै सेयरबजारमा भने वृद्धि आएको छ । साताको पहिलो कारोबार दिन आइबार सेयरबजारमा दोहोरो अङ्कको वृद्धि भएको छ ।

गत बिहीबार ३.२४ अङ्कले घटेको सेयरबजार आज भने १४.३३ अङ्कले बढेर १९८०.२७ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५ सय ९४ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर २ अर्ब ६८ करोड २५ लाख ८६ हजार ९ सय ५५ रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार रकममा पनि वृद्धि भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा प्रोग्रेसिभ फाइनान्स, पोखरा फाइनान्स, श्री फाइनान्स र बेस्ट फाइनान्स रहे । ती कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा बढीले वृद्धि भयो । आज सर्वाधिक गुमाउनेमा रिभर फल्स हाइड्रो र छ्याङ्दी हाइड्रो रहे । उक्त कम्पनीहरुको सेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घट्यो ।

आज फाइनान्स समूहको उपसूचक सर्वाधिक ३.९८ प्रतिशतले बढ्दा लघुवित्त समूहको समूहको उपसूचक १.४० प्रतिशत बढ्यो । यसैगरी आज ट्रेडिङ समूहको उपसूचक ०.३४ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको