Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो अन्तरिम बम्पर लाभांश घोषणा

अर्थ संसार

सोमबार, २४ बैशाख २०८१, ०९ : ५४ मा प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो अन्तरिम बम्पर लाभांश घोषणा

सिटिजन लाइफ इन्स्योरेन्सले सेयर प्रिमियम रकमबाट पुँजी वृद्धिको उद्देश्यसहित अन्तरिम बम्पर लाभांश घोषणा गरेका छ ।

कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले कुल २८.४०४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हालको चुक्ता पुँजीको २६.९८४ प्रतिशतले हुन आउने एक अर्ब ६ करोड २५ लाख रुपैयाँ बराबर बोनस सेयर र कर प्रयोजनका लागि १.४२० प्रतिशत अन्तरिम नगद लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीको हाल चुक्ता पुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ रहेकोमा चुक्ता पुँजीलाई पाँच अर्ब पुर्याउन बाकिँ थप एक अर्ब ६ करोड २५ लाख रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गरेको हो । कम्पनीले यस अघिनै आव २०७९/८० सम्मको सञ्चित मुनाफाबाट ५.२६३२ प्रतिशत लाभांश प्रदान गरिसकेको छ ।

कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन । नेपाल बीमा प्राधिकरणको स्वीकृति लिएर आगामी विशेष साधारणसभाबाट पारित भएपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको