Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी सनराइज बैंकको ७५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, २८ बैशाख २०८१, १० : ४६ मा प्रकाशित

लक्ष्मी सनराइज बैंकको ७५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

लक्ष्मी सनराइज बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ७५ लाख ८८ हजार ३९७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

इच्छुक संस्थापक सेयरधनीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको मुख्य कार्यालय हात्तीसार, काठमाडौंमा लिखित आवेदन दिन सक्ने छन् ।

तोकिएको समयावधी भित्र विद्यमान संस्थापकहरूबाट सेयर खरिद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त हुन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन तथा अन्य प्रचलित कानून प्रक्रिया अगाडी बढाईने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको