Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

अर्थ संसार

आइतबार, १६ मंसिर २०८१, १० : ४५ मा प्रकाशित

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट  सेयरधनीहरूलाई कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

जसमध्ये ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले यो लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको