Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी सनराइज बैंकको ८३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, २५ असार २०८१, ११ : १९ मा प्रकाशित

लक्ष्मी सनराइज बैंकको ८३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

लक्ष्मी सनराइज बैंक लिमिटेडले एकैपटक ८२ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले मंगलबार एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ८२ लाख ९७ हजार ५ सय ६५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको जनाएको हो ।

बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि बिक्रीमा ल्याइएको उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र त्यससम्बन्धी विवरण खुलाई हात्तिसारमा रहेको बैंकको मुख्य कार्यालयमा आवेदन दिन सक्नेछन् ।

तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट सेयर खरिद गर्ने कुनै लिखित जानकारी नआएमा प्रचलित कानुनबमोजिम उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको